मंगलवार, माघ ६, २०७७ साल

उपप्रमुख उमा थापा मगर नियमित काममा

लाेकप्रिय सन्देश २०७७ कार्तिक १८ गते 1.08K

नेपालगञ्ज, कात्तिक १८ । कोरोना संक्रमण भएपछि आईसोलेशनमा रहनुभएका नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगर मंगलबारदेखि नियमित काममा फर्किनुभएको छ ।  वडा सदस्य शान्तिदेवी परियारको स्मृतिमा आयोजित श्रद्धाञ्जलीसभामा उपप्रमुख थापा सहभागी हुनुभयो ।

थापा कोरोना संक्रमण भएपछि करिब एक महिनापछि काममा फर्किनुभएको हो । स्वास्थ्यमा समस्या भएपछि घरमै आराम गरिरहनुभएकी थापालाई असोज २७ गते कोरोना पोजिटिभ भएको थियो । उहाँले पछिल्लो पटक आफुले पिसिआर परीक्षण गर्दा नेगेटिभ भएपछि नियमित काममा फर्किएको जानकारी दिदै आवश्यक पर्नासाथ प्लाज्म दिन तयार रहेको बताउनुभयो । उपप्रमुख थापा बाँकेमा कोरोना रोकथाम र नियन्त्रणका लागि सुरुवातदेखि नै अग्रभागमा खटिदै आउनुभएको छ । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Jan 19, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१