कोहलपुर,कात्तिक २४ । बाँकेको कोहलपुरमा हेप्पी वल्र्ड ( वाटर फन एण्ड एमिजमेन्ट पार्क) सोमबारदेखि आंशिक सञ्चालनमा आएको छ । नेपालगञ्जका प्रतिष्ठित उद्योगी र ब्यवसायीहरुको समूहले निर्माण गरेको यो पार्क कोभिड–१९ का कारण ढिलो गरी सञ्चालनमा आएको हो । नेपालगञ्ज–कोहलपुर सडकखण्डको हवल्दारपुरमा ३.५ बिघा क्षेत्रफलमा पार्क फैलिएको प्रबन्ध निर्देशक बासु भण्डारीले जानकारी दिनुभयो । गतवर्ष चैतमा सञ्चालनमा ल्याउने तयारी गरिएको भएपनि कोभिड–१९ का कारण ढिलो गरी सञ्चालनमा आएको छ ।
प्रबन्ध निर्देशक भण्डारीले कोभिड– १९ का कारण हाल पनि पुर्णरुपमा सञ्चालनमा नआएको बताउनुभयो । स्थानीय प्रशासनबाट अर्को आदेश नभएसम्मका लागि पार्क पूर्णसञ्चालनमा आउनेछैन । पार्कमा समुन्द्री किनारको मज्जा लिन सकिन्छ, प्रबन्ध निर्देशक भण्डारीले भन्नुभयो,– समुन्द्री किनारको मज्जा दिने नेपालकै सबैभन्दा ठुलो यहाँ छ । करिब ३५ करोडको लागतमा फनपार्कको निर्माण भएको हो । आन्तरिक पर्यटन प्रवद्र्धनसँगै छिमेकी मुलुक भारतका पर्यटन आकर्षित गर्ने मुख्य उद्धेश्यका साथ हेप्पी वल्र्डको निर्माण गरिएको आयोजकले जनाएको छ । गतवर्ष नेपालमा सञ्चालन भईरहेको नेपाल भ्रमण वर्ष–२०२० लाई सहयोग पुग्ने उद्धेश्यले चैतमा भव्य कार्यक्रम सहित पार्कको उद्घाटन गर्ने तयारी भएपनि अन्तिम समयमा कोभिडका कारण रोकिएको थियो । पार्कमा वयस्क र बालबालिकाको मनोरञ्जनका लागि अलग–अलग वेभपुल लगायत रहेका छन् ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१