नेपालगञ्ज,कात्तिक २७ । नेपालगञ्ज भन्सार कार्यालय नजिकै एकीकृत भन्सार जाँच चौकी (आइसीपी) निर्माण कार्य शुरु भएको छ । बिहिवार भिडियो कन्फ्रेन्समार्फत नेपालका शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र भारतका वाणिज्य एवं उद्योग मन्त्री पियुष गोयलले संयुक्तरुपमा आइसिपीको शिलान्यास गर्नुभयो । घोषणा भएको करिब १५ वर्षपछि आईसिपीको निर्माण सुरु भएको हो ।
आइसीपी निर्माणका लागि राइट्स लिमिटेडलाई परामर्शदाता तोकिएको छ । सन् २००६ मा नेपाल र भारतबीच आइसीपी निर्माणको सम्झोता भएको थियो ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१