मंगलवार, माघ ६, २०७७ साल

२० रुपियाँमा खाना खुवाउने मित्र मण्डललाई नेपालगञ्ज उप-महानगरपालिकाको सहयोग

लाेकप्रिय सन्देश २०७७ कार्तिक २८ गते 585

नेपालगञ्ज, कात्तिक २८ गते । भेरी अस्पताल  नेपालगञ्जमा २० रुपियाँमा पेटभरी खाना खुवाउँदै आएको श्री सुन्दर काण्ड मित्र मण्डललाई नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रबार ५० हजार रुपियाँ हस्तान्तरण गरेको छ ।  नेपालगञ्ज उप-महानगरपालिकाको सहकार्यमा मित्र मण्डलले खाना खुवाउँदै आएको छ । 
मित्र मण्डलका संरक्षक समाजसेवी विजय गुप्तालाई नगर प्रमुख डा. धवलशम्शेर राणाले सहयोगको चेक हस्तान्तरण गर्नुभयो । नेपालगञ्ज उपमहानगरपालिकाले २० रुपियाँमा खाना खुवाउने कार्यलाई निरन्तरता दिन मासिक ५० हजार रुपिया सहयोग गर्ने निर्णय गरे अनुसार शुक्रबार पहिलो पटक सहयोग हस्तान्तरण गरिएको हो । विपन्न ब्यक्ति तथा अस्पतालमा उपचाररत विरामी र कुरुवालाई लक्षित गरी २० रुपियाँमा खाना खुवाउन थालिएको मित्र मण्डलले जनाएको छ । अस्पताल परिसरमा शनिबार बाहेक हरेक दिन विहान १० देखि १ बजेसम्म खाना खुवाउने कार्य चलिरहेको छ । अन्य खर्च मित्र मण्डलले सहयोगीदाता लगायतबाट ब्यवस्थापन गर्दै आएको छ ।  २० रुपियाँमा  दाल, भात, तरकारी र शुद्ध पिउने पानी उपलब्ध गराउने गरिएको छ । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Jan 19, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१