२०७७ कार्तिक २६ गते । प्लान ईन्टरनेशनल नेपाल र भेरी वातावरणिय विशिष्टता समुह (बी–ग्रुप) बाँके को साझेदारीमा बर्दिया जिल्लाको राजापुर नगरपालीका, बाँसगढी नगरपालीका, गुलरिया नगरपालीका र बढैयाताल गाउँपालीका मा सञ्चालित बालविवाह तथा जबरजस्ति विवाह परियोजना अन्तर्गत परिवर्तनका संवाहक का सदस्यहरु किशोर तथा किशोरीहरुलाई सार्वजनिक मन्तव्य तथा प्रवचन सम्बन्धि २ दिने अनुशिक्षण गरिएको छ ।
बर्दिया जिल्लाको गुलरियामा आयोजना गरिएको सार्वजनिक मन्तव्य तथा प्रवजन अभिव्यक्ति सम्बन्धि अनुशिक्षणमा सैद्धान्तिक ज्ञानका साथै सहभागीहरुले विभिन्न बिषयमा आफ्ना मन्तव्य तथा प्रवचनहरु मार्फत अभ्यास गरेका थिए । अभ्यास गर्ने क्रममा बन विकास आजको आवश्यकता, स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो, वातावरण संरक्षण नै आजको आवश्यकता, भ्रष्टाचार रोकथाम, बाल विवाह रोकथाम, छोराछोरी बिच भेदभाव, महिला अधिकार हाम्रो सरोकार, बालबालिकाले भोगेका जोखिम र भविष्यको सुन्दर पक्ष तथा बाल अधिकार छुवाछुत मुक्त समाज सम्बन्धि बिषयमा विषयमा आफ्ना भनाईहरुमा अभ्यास गरेका थिए । सहभागीहरुलाई फरक फरक बिषयबस्तुहरुको नेतृत्वको जिम्मा दिएर अभ्यास गराईएको थियो ।
अनुशिक्षणमा को समापनमा सहभागी मनिषा चौधरीले भन्नुभयो,– २ दिनको अनुशिक्षणले आफ्नो व्यक्तिगत जिवन तथा समाज रुपान्तरणको लागी धेरै सहयोग पुर्याएको छ र समाजमा बिद्यमान रहेका समाजका बिद्यमान रहेका बिसंगीत बिकृद्धीका बिरुद्ध लड्ने एक अवसरको रुपमा लिएको छु । निशान चौधरीले आफ्नो भनाई राख्दै आगामी दिनमा सार्वजनिक स्थानमा मन्तव्य तथा प्रवचनको लागी ठुलो टेवा पुगेको आफुले महशुस गरेको बताउनुभयो । अनुशिक्षणमा सहभागीहरुले आफुले रचेका चेतना मुलक गित तथा रचनाहरु पनी प्रस्तुत गरेका थिए । २ दिने अनुशिक्षणको सहजिकरण शुशिल चौधरीले गर्नुभएको थियो भने अनुशिक्षणको समापन कार्यक्रम संयोजक दिनेश चौधरीले गर्नुभएको थियो ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१