नेपालगञ्ज, कात्तिक २८ गते । प्लान ईन्टरनेशनल नेपाल र भेरी वातावरणिय विशिष्टता समुह (बी–ग्रुप) बाँकेको साझेदारीमा बर्दिया जिल्लाको राजापुर नगरपालीका, बाँसगढी नगरपालीका, गुलरिया नगरपालीका र बढैयाताल गाउँपालीका मा सञ्चालित बालविवाह तथा जबरजस्ति विवाह परियोजना अन्तर्गत परिवर्तनका संवाहक किशोरीहरुलाई दौतरी शिक्षा सम्बन्धि २ दिने २ दिने अनुशिक्षण गरिएको छ ।
बर्दिया जिल्लाको बासगढी नगरपालीका र बढैयातालमा आयोजना गरिएको दौतरी शिक्षा सम्बन्धि अनुशिक्षणमा ५० जना किशोरीहरु सहभागी भएका थिए । अनुशिक्षणमा सहभागी किशोरीहरुले आफ्ना साथीहरुलाई आफुले सिकेका ज्ञानहरुलाई कसरी जानकारी गराउने भन्ने सिपका बिषयमा जानकारी हासिल गरेका छन् । यस २ दिने अनुशिक्षणको उदेश्य सिओसी समुहमा आवद्ध नभएका किशोरीहरुलाई बिद्यमान समाजका रहेका कुरुती, हानीकारका अभ्यास र प्रजनन स्वास्थ्य का बिषयमा जानकारी गराउनु रहेको छ ।
२ दिनको अनुशिक्षणबाट आफुले बालविवाह, चेलीबेटी बेचविखन, लैगींक हिंसा र लैंगीक समानताका बारेमा जान्ने मौका पाएको र आफुले सिकेका कुरालाई आफ्ना साथीहरुलाई कसरी जानकारी गराउने भन्ने सिपहरुको बारेमा सिकेको तालिममा सहभागी सविना थारुले बताउनुभयो । अनुशिक्षणको क्रममा प्लान ईन्टरनेशनल नेपालको बाल तथा युवा संरक्षण सम्बन्धि जानकारीको बारेमा कार्यक्रम संयोजक दिनेश चौधरीले गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण निर्मल चौधरीले गर्नुभएको थियो । बीग्रुप बाँकेले बाल तथा जबरजस्ति विवाह रोकथाम परियोजना अन्तर्गत बाँसगढी नगरपालीका, राजापुर नगरपालीका, गुलरिया नगरपालीका र बढैयाताल गाउँपालीका मा १० देखी १५ र १६ देखी २४ बर्ष उमेरका किशोर तथा किशोरीहरुको समुह गठन गरी सिओसी सहजकर्ताहरुमार्फत किशोर तथा किशोरी शिक्षाहरु सञ्चालन गर्दैआईरहेको छ ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१