नेपालगञ्ज, मंसिर ४ गते । यहि मङ्सिर ६ गते नेपालगञ्जमा हुने नेपालगन्ज म्याराथनको तयारी पुरा भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरी भौतिक दुरी कायम गर्दै म्याराथन आयोजना गर्न लागिएको आयोजक क्रियटिभ ह्याण्डसले बिहिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
यसपटकको म्याराथन नेपालगञ्ज म्याराथनको छैठौं संस्करण हो । क्रियटिभ ह्याण्डसका अध्यक्ष टिएस ठकुरीले म्याराथनमा सागका स्वर्ण बिजेता किरणसिंह बोगटी,गोपि कार्कि,गत बर्षका बिजेता नवराज साउद लगायत २० बढी सहभागी हुने बताउनुभयो । कोभिड–१९ का कारण नेपालगञ्ज म्याराथनमा यसअघिका केही ईभेन्ट हटाइएको जानकारी दिनुभयो । यसवर्ष पुरुष खुल्ला म्याराथन, महिलाको हाफ म्याराथन र ३ किलोमिटरको कर्पोरेट रम मात्रै समावेश गरिएको छ । तत्कालिन विद्रोही र सरकारबीच बिस्तृत शान्ति सम्झौता भएको दिनको स्मरणमा नेपालगञ्ज म्याराथन हुँदै आएको छ । यस प्रतियोगिताका प्रदेश १, कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेश लगायत राष्ट्रियस्तरका चर्चित धावकहरुले भाग लिदै आएका छन् । नेपालगञ्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोश्रोमा सेनाकै कृष्ण बस्नेत, तेश्रोमा जुम्लाका दुर्गा बुढा, चौथोमा नुपाल पुलिसका भुमिराज राई र नेपाली सेनाका नवराज साउद विजेता हुनुभएको थियो ।
नेपाल एथ्लेटिक्स सङ्घले मान्यता दिएको नेपालगञ्ज म्याराथनका लागि राष्ट्रिय खेलकुद परिषदले समेत स्वीकृत प्रदान गरेको छ । नेपाल ओलम्पिक कमिटीले यसलाई ओलम्पिक छनौटका रुपमा लिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्सेर राणा, प्रदेश खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष भिम वली,केएल दुगर ग्रुपका महाप्रबन्धक प्रदिप छाछेड लगायतले नेपालगञ्जलाई चिनाउन म्याराथन सफल हुने बिश्वास ब्यक्त गर्नुभयो । सो अवसरमा म्याराथनको टीसर्ट सार्वजनिक गरिएको छ ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१