मंगलवार, माघ ६, २०७७ साल

अभिभावक र किशोरी बिच अन्तरक्रिया

लाेकप्रिय सन्देश २०७७ मंसिर ४ गते 507

खजुरा, मंसिर ४ ।  प्लान ईन्टरनेशनल नेपाल भेरी वातावरणीय विशिष्टता समुह (बि ग्रुप) बाँके को साझेदारीमा बर्दिया जिल्लाको बारबर्दिया नगरपालीका, मधुवन नगरपालीका र बाँके जिल्लाको खजुरा गाउँपालिकामा सञ्चालन भैरहेको बालीका तथा युवा शसक्तिकरण (lead and Decide) परियोजना अन्तर्गत अभिभावक र किशोरीहरु बिच यौन तथा प्रजजन स्वास्थ्य र अधिकार सम्बन्धि खजुरा गाउँपालीकाको वडा नं ५ मा १ दिने अन्तरक्रिया सम्पन्न भएको छ । 


प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा बी ग्रुप बाँकेले खजुरा गाउँपालीकाको वडा नं ४ र ५ मा १० देखी १५ र १६ देखी २४ बर्षका किशोरीहरुको समुह गठन गरी किशोरी कक्षाहरु सञ्चालन गर्दै आईरहेको छ । किशोरी हरुलाई परिवर्तन का संवाहक बनाउने उद्देश्यका साथ समाजमा बढ्दो बालविवाह न्युनिकरणका लागी किशोरी हरुको क्षमता विकासका लागी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । 


किशोरीहरुलाई सशक्त बनाई समाजबाट बालविवाह, समाजमा रहेका हानीकारक अभ्यासहरुको अन्त्य गर्ने परियोजनाको प्रमुख उद्देश्य रहेको छ । परियोजनाले उमेर नपुग्दै विवाह गर्ने र उमेर नपुग्दै बालविवाह बाट किशोरीहरुको प्रजनन स्वास्थ्य मा पर्ने प्रतिकुल असरहरुको बारेमा जानकारी गराउने गरेको छ । अन्तरक्रिया कार्यक्रमको सहजिकरण अनिता बिष्टले गर्नु भएको थियो । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Jan 19, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१