मंगलवार, बैशाख ७, २०७८ साल

अब घर मै बसि क्लियर टिभीको मुभी अन डिमाण्डबाट बिभिन्न फिल्म हेर्न सकिने

लाेकप्रिय सन्देश २०७७ मंसिर ४ गते 1.12K

नेपालगञ्ज, मंसिर ३ । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रा.लि ले क्लियर टिभी मार्फत ग्राहक वर्गहरुका निम्ति विभिन्न फिल्म लिएर आएको छ ।  जस अन्तर्गत लक्ष्मी फिल्मको प्रिमियर सो १६ नोबेम्बरमा प्रदर्शन गरिएको छ । ।
क्लियर टिभीले च्यानल नं १११(एच डि) र ११२(एस डि) मा मुभी अन डिमाण्डको औपचारिक सुरुवात लक्ष्मी फिल्मको प्रिमियर सो बाट गरेको हो । यस च्यानल मार्फत ग्राहकहरुले सो फिल्मआफ्नै घरमा बसि हेर्न सक्नुहुनेछ भने भबिष्यमा थुप्रै फिल्महरु हेर्न सकिने छ । ग्राहकवर्गहरुले फिल्म हेर्नका लागि आफनो नजिकको क्लियर टिभी सेवा प्रदायकमा सम्पर्क गर्न सक्नु हुनेछ वा www.cleartv.com.np/mod  बाटफिल्म सम्बन्धी एवम्ं सेवा सम्बन्धी थप जानकारी लिन सक्नुहुनेछ । विद्यमान परिस्थितिमा बाहिर गई फिल्म हेर्ने अवस्था नभएको र मनोरञ्जन लाई प्राथमिक्ता दिदै कम्पनीले यो सेवा सुचारु गरेको छ । 

सुबिसुको बारेमा  

सुबिसु केबलनेट (प्रा.) लिले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एमपिएलएस भिपिएनएस, व्यान एथर्नेट, होलसेल आइपि ट्रान्जिट, एमभिपि, डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।

क्लियर टिभीको बारेमा

क्लियर टिभी, सुबिसु केबलनेट प्रालि, नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनीको उत्पादन हो । यो नेपालको पहिलो डिजिटल केबल टेलिभिजन सेवा हो । जसले एपपीइजी फोर स्टाण्डर्ड डेफिनिसन र हाई डेफिनिसन च्यानल्स केबल मार्फत, कन्डिसनल एसेस सिस्टम (क्यास) को प्रयोग गरि सेट टप बक्सको माध्यमबाट प्रसारण गर्दछ ।


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Apr 20, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१