मंगलवार, माघ ६, २०७७ साल

जिल्ला प्रहरीको हिरासतमा थुनुवाले गरे आत्महत्या

लाेकप्रिय सन्देश २०७७ मंसिर ५ गते 516

नेपालगञ्ज, मङ्सिर ५ गते । अभद्र ब्यवहार र कर्तव्य ज्यान मुद्दाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका एकजना थुनुवाले हिरासतभित्रै आत्महत्या गरेका छन् । 

बाँके वनकटीका बाबुलाल रैदासले शुक्रबार बिहान साढे ५ बजेतिर शौचालयको भेन्टिलेटरमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक सुबास खड्काले जानकारी दिनुभयो । मृतकको शव भेरी अस्पतालमा पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । रैदाष यसअघि पनि पक्राउ गरी अदालतबाट सजाय पाईसकेका ब्यक्ति रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


 तत्कालीन भुमिगत समुह तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला सिंह) समुहमा आवद्ध रहेका रैदाषलाई हातहतियार तथा खरखजना मुद्दामा ८ वर्ष जेल सजाय भएको प्रहरीले जनाएको छ । 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Jan 19, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१