मंगलवार, माघ ६, २०७७ साल

स्वास्थ्य राज्यमन्त्री रावत नेपालगञ्जमा, अध्यक्ष धिताल र मेसु थापाले सुनाए योजना

लाेकप्रिय सन्देश २०७७ मंसिर ८ गते 849

नेपालगञ्ज,मङ्सिर ८ ।    । स्वास्थ्य राज्यमन्त्री नवराज रावत नेपालगञ्ज पुग्नुभएको छ । उहाँले सोमबार भेरी अस्पतालको स्थलगत निरिक्षण गर्नुभएको छ । निरिक्षणका क्रममा राज्य मन्त्री रावतले  अस्पतालको  पुरानो भवन भत्काएर नयाँ भवन निर्माणका लागि योजना बनाउन निर्देशन दिनुभयो ।  भेरी अस्पताल पश्चिम नेपालमै रिफरल अस्पतालको रुपमा रहेको छ । कोभिड–१९ का विरामीको उपचारमा भेरी अस्पतालले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै रावतले थप सुविधा सम्पन्न बनाउन पहल गर्ने आश्वासन दिनुभएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताउनुभयो । उहाँले नयाँ प्रविधि र उपकरणको प्रयोगमा जोड् दिनुभयो । उनले अस्पतालमा उपलब्ध उपकरण र भौतिक संरचनाको सहि सदुपयोग गर्न अस्पताल प्रशासनलाई निर्देशन समेत दिए ।


भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोदकुमार धितालले भेरी अस्पतालले कोभिडका विरामीलाई दिँदै आएको सेवा, भौतिक संरचना, उपकरण लगायतका विषयमा जानकारी गराए । उनले ७२ बेडको आइसोलेशनले विरामी थेग्न नसकेकोले थप ८० बेडको आइसोलेशन निर्माण भइरहेको जानकारी दिनुभयो । भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले थप ८० बेडको कोभिड आइसालेशन एक हप्ताभित्र संचालनमा आउने मन्त्री रावतलाई जानकारी गराउँदे नयाँ निर्माण भइरहेको आइसोलेशनको हरेक बेडमा अक्सिजनको ब्यवस्था गरिएको बताउनुभयो । मन्त्री रावतलाई भेरी अस्पतालले मेडिकल कलेज संचालन लगायत अन्य संरचना निर्माणका लागि ज्ञापन पत्र बुझाएको थियो । अध्यक्ष धिताल र मेडिकल सुपरिटेन्डेन्ट डा. थापाले ज्ञापन पत्र बुझाउनुभयो । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Jan 19, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१