मंगलवार, बैशाख ७, २०७८ साल

खाजा र नास्ताका लागि नेपालगञ्जका घरघरमा कान्छा दाईको सेवा

लाेकप्रिय सन्देश २०७७ मंसिर १८ गते 2.49K

नेपालगञ्ज, मंसिर १८ ।  बन्दाबन्दीको समयमा होटल ब्यवसाय सुनसान । आफुले गरिरहेको पुरानो कारोबार पनि प्रभावित भएपछि सफ्टवेयर ईञ्जिनियर गिरीधर गौतममा नयाँ सोच आयो । अनलाईन ब्यापारको ।   आफुले सिकेको प्रविधी व्यवसायमा जोडिएपछि छोटो समयमै उहाँ सफलतातर्फ अग्रसर हुनुभएको छ । गौतम सहित चारजनाको समूहले हाल अनलाईन एप्समार्फत नेपालगञ्जमा व्यवसाय गरिरहेको छ । हाल यसको सेवा कोहलपुरमा समेत बिस्तार भएको छ । जहाँबाट नेपालगञ्जबासीले आफुले रोजेको होटल तथा रेष्टुरेन्टबाट आप्mनै स्वादको खानेकुरा होटलकै दररेटमा आफुले भनेको ठाउँमा पाउन थालेका छन् ।  त्यसका लागि सञ्चालक समूहले होटलहरुसँग सम्झौता गरेको छ ।


गौतमसहितको समूहले यसका लागि कान्छा दाई नामक एप्स सञ्चालनमा ल्याएको छ । एन्ड्रोइड मोवाईलमा प्ले स्टोरमा गएपछि सामान्य प्रक्रिया पुरा गरेपछि आफुले भनेको र खोजेको खानेकुरा ३० मिनेटभित्रै पठाउने गरिएको सञ्चालक गौतमको दावी छ । 
बन्दाबन्दीको समयमा मानिसहरु घरबाहिर निस्कन पाएका थिएनन, होटल ब्यवसाय पनि बन्द थिए, गौतमले वितग स्मरण गर्दै भन्नुभयो,– सूचना प्रविधिको प्रयोग गरी केही नयाँ काम गरौं भन्ने सोचले कान्छादाईको जन्म भएको हो । 


असार ८ देखि सुरुवात भएको कान्छादाई एप्सको हालसम्म तीन हजार बढिले डाउनलोड गरिसकेका छन् । हाल दैनिक एकसय पचास बढि जनाले खानेकुराको माग गर्ने गरेका छन् । नेपालगञ्जको भन्सारदेखि राँझा चौकसम्म आफुहरुले ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको सञ्चालक गौतमको भनाई छ ।  कान्छादाईमार्फत हाल ७ जनाले रोजगारी पाएका छन् । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Apr 20, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१