मंगलवार, बैशाख ७, २०७८ साल

सुबिसुको 5G सेवा 5GHz Dual Band Router को साथमा

लाेकप्रिय सन्देश २०७७ मंसिर २४ गते 1.7K

नेपालगञ्ज, मंसिर २४ । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रा. लि.ले आफना ग्राहकवर्गहरुलाई उत्कृष्ट सेवा प्रदान गर्नका निम्ति 5GHz Dual Band Router  सहितको सेवा ल्याएको छ । यस अघि 2.4 GHz  सेवा दिदै आएको कम्पनीले ग्राहकहरुको इन्टरनेट अनुभवलाई अझ उत्कृष्ट बनाउने उद्देश्यका साथ  5G सेवा सुरु गरेको हो । 

इन्टरनेटको बद्लिदो माग तथा अझ उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यका साथ  कम्पनीले 5GHz Dual Band Router  सहितको सेवा सुरु गरेको जनाएको छ । 5GHzको प्रयोगले इन्टरनेट सेवाप्रयोग गर्दा आउने प्राविधिक समस्यालाइ कम गर्दै ग्राहकहरुको इन्टरनेट अनुभवलाइ अझ गुणस्तरिय बनाउने सुबिसुका नेपालगञ्ज शाखा प्रबन्धक रामप्रसाद आचार्यले जानकारी दिनुभयो  । 
ग्राहकहरुको माग र सन्तुष्टिलाई प्राथमिकतामा राखि समय समयमा कम्पनीले सेवा विस्तार तथा परिमार्जित गरि गुणस्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ । 

सुबिसुका बारेमा 

सुबिसु केबलनेट (प्रा.) लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस (MPLS VPNs),  व्यानएथर्नेट (WAN Ethernet),  होलसेल आइ.पि ट्रान्जिट (Wholesale IP Transit),एम.भि.पि (MVP),डाटा सेन्टर सोलुसन (Data Center Solution) जस्ता मनोरञ्जनात्मक सेवा तथाबिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।

Clear TV का बारेमा 
Clear tv, सुबिसु केबलनेट प्रा. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनीको उत्पादन हो । यो नेपालको पहिलो Digital Cable Television सेवा हो जसले MPEG4 Standard Definition / High Definition channels केबल मार्फत, Conditional Access System(CAS) को प्रयोग गरि Set Top Box को माध्यमबाट प्रसारण गर्दछ । 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Apr 20, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१