नेपालगन्ज,पुस ४ । बाँकेको बैजनाथ गाउँपालिकाले प्रथम चौमासिक समिक्षा सम्पन्न गरेको छ । कार्यक्रममा चालु आबको साउनदेखि मंसिरसम्म भएगरेका योजना तथा कार्यक्रमको बारेमा छलफल भएको प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले जानकारी दिनुभयो । गाउँपालिकाले हालसम्म २० प्रतिशत बजेट योजना तथा कार्यक्रममा खर्च भएको लेखा अधिकृत पुर्णप्रसाद जैशिले जानकारी दिनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले जनप्रतिनिधि र कर्मचारीबिच राम्रो समन्वय भइरहेको बताउनुभयो ।