मंगलवार, माघ ६, २०७७ साल

नेपालगञ्जमा भूमि सम्बन्धि समस्या समाधानको काम अघि बढ्यो

लाेकप्रिय सन्देश २०७७ पौष १५ गते 320

नेपालगञ्ज, पुस १५ गते  । भूमी सम्बन्धि समस्या समाधान आयोग र नेपालगञ्ज उप–महानगरपालिकाबीच भूमीहिन दलित, भूमीहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्नका लागि बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरको उपस्थितीमा उपसचिव गोर्खवहादुर थापा र आयोगका उपसचिव राजेन्द्र अर्यालबीच सम्झौता भएको हो । 


नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरले आयोगसँग सम्झौता भएपछि नगरक्षेत्रमा देखिएको भूमी सम्बन्धि समस्या समाधान हुने चरणमा प्रवेश गरेको जानकारी दिनुभयो । नगरको वडा नम्बर १९ र २० मा सबैभन्दा बढि भूमि सम्बन्धि समस्या देखिएको छ । पछि गाभिएका साविकका गाविसमा समेत फाट्टफुट्ट भूमि सम्बन्धि समस्या देखिएका छन् । 
नेपालगञ्जमा आयोगसँग सम्झौता भएपछि लगत सङ्कलन एकाई सञ्चालनको तयारी गरिएको छ । आयोगसँग सम्झौता भएपछि भूमीहिन दलित, भूमीहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्नका लागि उनीहरुको पहिचान, लगत संकलन र प्रमाणिकीकरणको काम स्थानीय तहले गर्नेछ । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Jan 19, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१