मंगलवार, माघ ६, २०७७ साल

भेरी र क्यान्सर अस्पतालमा सेवा विस्तारका लागि मिश्रको पहलकदमी

लाेकप्रिय सन्देश २०७७ पौष २० गते 1.66K

नेपालगञ्ज, पुस २० । बाँकेका राजनीतिकर्मी पशुपतिदयाल मिश्राले आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई भेट गरी बाँकेमा स्वास्थ्य क्षेत्र सुधारका लागि विभिन्न माग राख्नुभएको छ । जिल्ला विकास समिति बाँकेका पुर्व सभापति मिश्रा  मन्त्री त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहमा एकसाथ आवद्ध हुनुहुन्छ । मिश्रालाई त्रिपाठीको  अति निकट मानिन्छ । सोमबार मन्त्रालयमा पुगेर भेटघाट गरेका मिश्राल भेरी अस्पतालका लागि न्युरो सर्जन, कार्डियालोजी, युरो सर्जरी, नेप्रोलोजीका बिशेषज्ञ चिकित्सक यथाशिघ्र पठाउन माग गर्नुभएको छ ।

यसैगरी एमआरआई मेशीन खरीद, चिकित्कि र कर्मचारीहरूको आवास  निर्माणको माग गरिएको छ । खजुरा क्यान्सर अस्पतालमा  रेडियोथेरापी मेशीन खरीद लगायत माग गर्नुभएको छ । मन्त्री त्रिपाठीले आफुले राखेका मागहरु पुरा गर्न आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको मिश्राले जानकारी दिनुभयो ।   


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Jan 19, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१