मंगलवार, माघ ६, २०७७ साल

बयलगाडासहित नेपालगञ्जमा विरोध प्रदर्शन

लाेकप्रिय सन्देश २०७७ पौष २४ गते 275

बाँके,पुस २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको प्रतिनिधीसभा विघटन विरुद्ध आन्दोलनमा रहेको नेकपाको प्रचण्ड माधव समूहले शुक्रबार नेपालगञ्जमा बयलगाडा सहित विरोध प्रदर्शन गरेको छ । केन्द्रीय कार्यक्रम अनुसार शुक्रबार जिल्ला प्रशासन कार्यालय मार्फत संविधान बुझाउने रहेपनि बाँकेमा नेकपाका नेता कार्यकर्ताहरुले बयलगाडासहित प्रदर्शन गरेका हुन् ।  नगरको विपी चोकबाट सुरु भएको बयलगाडासहितको प्रदर्शन जिल्ला प्रशासन कार्यालय बाँके सम्म पुगेको थियो । 


नेकपाका केन्द्रीय सदस्य महेश्वर गहतराज, जिल्ला अध्यक्ष आईपी खरेल, सचिव अशोक कोइराला लगायतका नेता कार्यकर्ताहरु सहभागी प्रदर्शनमा प्रधानमन्त्री ओलीले चालेको कदम असंवैधानिक भएको भन्दै चर्को नाराबाजी गरिएको थियो ।   प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम चालेका कारण त्यसको विरोधमा  विरोध पत्रसहित संविधानको पुस्तक प्रधानमन्त्री ओलीलाई जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत पठाइएको नेकपा बाँकेका कार्यालय सदस्य अमिर केसीले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Jan 19, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१