नेपालगञ्ज, पुस २५ । बाँकेको खजुरा गाउँपालिका ४ डिगाँउमा शनिबार सम्पन्न ७ औं डाँफे कप फुटबल प्रतियोगिताको उपाधि जय किसान स्पोर्टस क्लव सैनिकले जितेको छ । फाइनल खेलमा चन्द्र ज्योती स्पोर्टस क्लव एल गाउँलाई सुन्यका विरुद्ध ६ गोलले पराजित गर्दै जय किसानले उपाधी जितेको हो ।
जय किसानकादिपकराज सिंह ठकुरीले ४ गोल र निरज चौधरीले २ गोल गर्दै टिमलाई जिताएका हुन । विजेता जय किसानले ७० हजार र उपविजेता चन्द्र ज्योतीले ४० हजार रुपिया प्राप्त गरेका छन् । न्यू डाफे स्पोर्टस क्लवले आयोजना गरेको प्रतियोगितामा जिल्लाका १५ क्लवको सहभागिता थियो । विजेता समूह र खेलाडीहरुलाई खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१