नेपालगञ्ज, पुस २७ । जसपा नेता तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राइले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गर्नु लोकतान्त्रिक र संबैधानिक अधिकारमाथिको कु भएको बताउनुभएको छ । जसपाले सोमबार नेपालगन्जमा आयोजना गरेको विरोधसभालाई सम्वोधन गर्दै उहाँले संबिधानमाथि ठाडो हस्तक्षेप भएको बताउनुभयो । पार्टीको आन्तरिक विवादमा संसद भंग गर्नुलाई कुनैपनि हालतमा स्वीकार्न नसकिने उहाँको भनाई छ ।
जनताले सडकबाटै संसदभंगको निर्णय सच्चाउने उहाँको भनाई छ । राजावादीहरु सल्बलाउन थालेपनि उनीहरुको सपना पुरा नहुने उहाँको भनाई छ । उहाँले नेपालगञ्जको विकासका लागि आफु सधै प्रतिवद्ध भएको दावी गर्नुभयो । विगतमा आफु मन्त्री हुँदा यसक्षेत्रमा धेरै योजना ल्याएको उहाँले स्मरण गर्नुभयो । जिल्ला अध्यक्ष कमरुद्धिन राईको अध्यक्षतामा भएको कार्यक्रममा नेतृ अमृता अग्रहरी लगायतले संविधानमाथी हस्तक्षेप गरि संसद विघटन गरिएको टिप्पणी गर्नुभयो ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१