नेपालगञ्ज, पुस २८ गते । नेपालगञ्जको धम्बोझीमा पाँच वर्ष अगाडी दिनदहाडै हत्या गरिएका युवा चेतन मानन्धरको हत्यामा संलग्न मध्ये दुईजनालाई पक्राउ गरि मंगलबार सार्वजनिक गरिएको छ ।
हत्यामा संलग्न मध्ये नेपालगञ्ज १८ का हरि वली र विवाद पाठकलाई पक्राउ गरिएको हो ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमवहादुर रानाका अनुसार मानन्धर हत्यामा संलग्न १५ जना मध्ये १२ जना पक्राउ परेका छन् । जस मध्ये मुख्य योजनाकार नेपालगञ्ज ५ का योग ढकाल(रिगल ढकाल) सहित ९ जना हाल कारागारमा रहेका छन् ।
हत्यामा संलग्न मध्ये नेपालगञ्ज २० का यामवहादुर बुढामगर, महादेवपुरी २ का केशववहादुर रोकाय र नेपालगञ्ज १८ का मनिष चौलागाई फरार रहेका छन् ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१