मंगलवार, माघ ६, २०७७ साल

चली ठाकुरद्वारा साईकलयात्रा माघ २३ र २४ मा

लाेकप्रिय सन्देश २०७७ पौष २८ गते 142

बाँके,पुस २८ ।  यहि माघ २३ र २४ गते हुने टुर दी ठाकुरद्वारा साईकल यात्राको बारेमा मंगलबार नेपालगञ्जमा सरोकारवाला निकायबीच छलफल गरिएको छ । यसवर्ष नपालगञ्ज साईक्लिङ क्लव र  नाट्टा बाँकेको संयुक्त आयोजनामा नेपालगञ्जको बागेश्वरी मन्दिरबाट सुरु हुने साईकलयात्रामा  नेपाली र भारतीय नागरिकहरुको सहभागिता रहने भएको छ । नेपालमा रहेका तेश्रो मुलुकका नागरिक पनि यात्रामा सहभागी हुने भएका छन् ।

कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, नाट्टा बाँकेका डिल्ली रेग्मी, पर्यटन बोर्डका सन्तोष थापा लगायतले टुर दी ठाकुरद्वाराले बाँके बर्दियाका पर्यटकीय स्थलको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । नेपालगञ्ज साईक्लिङ क्लवका अध्यक्ष गगन थापा, कार्यक्रम संयोजक सतिश निरौला, सुरेन्द्र कार्की लगायतले अभियानले गाउँ र शहरलाई जोड्न सहयोग पुग्ने बताउनुभयो । 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Jan 19, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१