मंगलवार, माघ ६, २०७७ साल

जिल्ला सहकारी संघ बाँकेको अध्यक्षमा सुवेदी

लाेकप्रिय सन्देश २०७७ पौष २९ गते 164

 बाँके,पुस २९ ।  जिल्ला सहकारी संघ बाँकेको अध्यक्षमा प्रेम सुवेदी सर्वसम्मत निर्वाचित हुनुभएको छ । नेपालगञ्जमा बुधबार सम्पन्न २९ औं बार्षिक साधारणसभाले सुवेदीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा मिना ढुंगाना, सदस्यहरुमा अल्फात खाँ, प्रकाश ज्ञवाली, जमानसिंह वली, विन्दाकुमारी पोखरेल,प्रेमबहादुर शाही, निर्मला रोकाय,नवराज उपाध्याय रहनुभएको छ । 


यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा खड्ग वली, सदस्यमा सीता काप्mले र शेर बहादुर बस्नेत रहनुभएको छ । लुम्बिनी प्रदेशका भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले साधारणसभाको उद्घाटन गर्नुभएको थियो । 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Jan 19, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१