आईतवार, फागुन १६, २०७७ साल

नेकपा नेता यादवको निधन

लाेकप्रिय सन्देश २०७७ माघ १ गते 348

नेपालगञ्ज, माघ १ । भूमि सम्बन्धि समस्या समाधान आयोगका केन्द्रीय सदस्य दिनेशचन्द्र यादवको निधन भएको छ । उहाँको  राजधानीको ग्रणडी अस्पतालमा उपचारको क्रममा बिहिवार विहान निधन भएको हो । कोरोना संक्रमण भएपछि उहाँलाई भेरी अस्पताल नेपालगञ्ज हुँदै ग्राण्डी अस्पतालमा भर्ना गरिएको हो ।

पछिल्लो समय उहाँमा कोरोना नेगेटिभ भएपनि स्वास्थ्यमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो । उहाँका आफन्त सोहनलाल यादवले मृगौला, फोक्सो तथा श्वासप्रश्वासमा एकसाथ समस्या देखिएपछि यादवको निधन भएको हो । उहाँको शव स्थलमार्गबाट नेपालगञ्ज ल्याइदैछ । शुक्रबार नेकपाको कार्यालयमा श्रद्धाञ्जलीसभा गरी उहाँको घर नरैनापुरमा अन्तिम संस्कार गरिने भएको छ । यादव २०७० सालको संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पहिलो सरकारमा खानेपानी राज्यमन्त्रीको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । यादव नेकपाको बाँके जिल्ला कमिटीको इन्चार्ज तथा केन्द्रीय सदस्य हुनुहुन्थ्यो । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Sunday, Feb 28, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१