आईतवार, फागुन १६, २०७७ साल

नेपालगन्जमा अनुसन्धानका सिपाहीको हत्या

लाेकप्रिय सन्देश २०७७ माघ ३ गते 315
नेपालगन्ज,माघ २ । राष्ट्रिय अनुसन्धान बिभाग बाँकेमा कार्यरत सहायक सुचक प्रबिन थापा मगरको हत्या गरिएको अवस्थामा शुक्रबार शव फेला परेको छ । नेपालगन्जको कारकादोस्थित प्रहरी तालीमकेन्द्रको पुर्बपट्टि खेतमा थापाको शव शुक्रबार दिउसो फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उहाँको टाउको तथा शरीरमा चोट देखीएको प्रहरीले जनाएको छ । थापा बिहीवार साझदेखि सम्पर्कबिहिन हुनुभएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपि ओमबहादुर रानाले थापाको शवको प्रकृति हेर्दा हत्या गरिएको पाइएको बताउनुभयो । थापाको भेरी अस्पतालमा शुक्रबार नै पोस्टमार्टम गरिएको छ ।

तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Sunday, Feb 28, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१