आईतवार, फागुन १६, २०७७ साल

गौतमको एकता अभियान भ्रम भएको अध्यक्ष नेपालको भनाई

लाेकप्रिय सन्देश २०७७ माघ ४ गते 800

नेपालगञ्ज, माघ ४ गते । नेकपा(प्रचण्ड - माधव पक्ष) का अध्यक्ष माधवकुमार नेपालले  पार्टी उपाध्यक्ष वामदेव गौतमले एकता अभियानको नाममा भ्रम फिजाएको दावी गर्नुभएको छ । नेपालगञ्जमा आईतबार आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षणमा अध्यक्ष नेपालले गौतमले  आफु नजिकका ब्यक्तिलाई ओलीतिर लगाएर एकताको भ्रम छर्न खोजेको दावी गर्नुभयो । 


उहाँले प्रानमन्त्री ओलीले आफुलाई सत्तामा पुग्नका लागि पार्टी एकतालाई सिढीको रुपमा मात्रै प्रयोग गरेको टिप्पणी गर्नुभयो । ओली अहिलेसम्म कम्युनिष्ट पार्टी एकताको अभियानमा सहभागी नभएको दावी गर्दै अध्यक्ष नेपालले ओली तानाशाही बन्न खोजेको बताउनुभयो । उहाँले विगतमा आफु र झलनाथ खनाल प्रधानमन्त्री हुँदा सामान्य समस्या आउँदा राजिनामा दिएको स्मरण गर्दै अहिले ओलीले पार्टीमा बहुमत गुमाएको अवस्थामा राजिनामा दिनु नै उत्तम हुने दावी गर्नुभयो । कार्यक्रममा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले गरेको प्रतिनिधीसभा विघटनलाई प्रतिगमनको संज्ञा दिनुभयो । भेलामा नेकपा स्थायी कमिटिका सदस्य युवराज ज्ञवाली, बर्षमान पुन, ओनसरी घर्ती लगायतले सम्बोधन गर्नुभएको थियो । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Sunday, Feb 28, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१