आईतवार, फागुन १६, २०७७ साल

खानेपानी आयोजनाको ढिलाईप्रति मेयर राणाको चासो

लाेकप्रिय सन्देश २०७७ माघ ७ गते 231

नेपालगञ्ज, माघ ७। नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले राप्तीको पानी नेपालगञ्ज ल्याउने आयोजनामा भईरहेको ढिलाईप्रति गम्भिर चासो ब्यक्त गर्नुभएको छ । नेपालगञ्जस्थित खानेपानी डिभिजन कार्यालय र खानेपानी संस्थानका प्रमुखहरु सहभागी कार्यक्रममा नगर प्रमुख राणाले बर्षो पहिले पाईप खरिद भएपनि आयोजनामा भईरहेको ढिलाईप्रति चासो ब्यक्त गर्नुभएको हो । 
वाटर, सेनिटेसन एण्ड हाईजिन फाईनेन्स(वासफिन)ले बुधबार नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा नगर प्रमुख राणाले राप्तीबाट नेपालगञ्जभित्र पिउने पानी आउने सुनिश्चितता नभई नेपालगञ्जका सडक खन्न नदिईने स्पष्ट पार्नुभयो । सो अवसरमा राणाले खानेपानी व्यवस्थापनको जिम्मा अहिलेको अवस्थामा स्थानीय तहले पुरा गर्न नसक्ने भन्दै संघीय र प्रदेश सरकार अन्तर्गतका निकायहरु अझ बढि जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । 


वासफिन नेपालले नेपालगञ्जको खानेपानी आपूर्तीको अवस्था, खानेपानी आपुर्तीमा भईरहेको प्रयास लगायतका विषयमा केन्द्रीत रहि प्रारम्भिक निष्कर्ष र सुझावसहितको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो ।  वासफिन नेपालका टिम लिडर गंगा दत्त नेपाल र प्राविधिक सल्लाहकार सुदर्शन भण्डारीले अध्ययन प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । वासफिन नेपालको प्रतिवेदनमाथीको छलफलमा सहभागी जनप्रतिनिधीहरुले नगरभित्र खानेपानीको सहि व्यवस्थापन हुन नसकेको भन्दै सम्वद्ध कार्यालयको ध्यानाकर्षण गराउनुभएको थियो । 
     

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Sunday, Feb 28, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१