नेपालगञ्ज, माघ ६ । आयोजक जयकिसान स्पोटर््स क्लब ए ले एफएफएसए दाङलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ ।
जयकिसान स्पोटर््स क्लबले आयोजनामा बाँकेमा संचालन भइरहेको स्वार्गीय स्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिताको दोस्रो समिफाइनमा जयकिसानले दाङलाई हराउँदै उपाधिको नजिक पुगेको हो ।
जयकिसानले दाङलाई १–० ले हरायो । जयकिसानका विनोद केसीले १२ मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो । अब उपाधिका लागि जयकिसान र मसुरिया एकेडेमी, कैलालीबीच प्रतिस्पर्धा हुनेछ । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीले सहारा एफसी, लखनउलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो । प्रतियोगिताको फाइनल खेल आगामी शुक्रबार हुनेछ । खेलको विजेताले एक लाख पाँच हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । खजुरा गाउँपालिका–१, मैटहवा माविको फुटबल मैदान भइरहेको प्रतियोगिता बाँकेको जिल्ला सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको रुपमा रहेको आयोजकले जनाएको छ । प्रतियोगितालाई बाँके बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजन गरेको छ ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१