मंगलवार, बैशाख ७, २०७८ साल

प्रेस संगठनमा ठाकुर, शाह र ढकाल मनोनित

लाेकप्रिय सन्देश २०७७ फागुन ३ गते 1.29K

नेपालगञ्ज, फागनु ३ । प्रेस संगठन बाँकेको बैठक सोमबार नेपालगञ्जमा सम्पन्न भएको छ । संगठन बाँकेका संयोजक डक्टप्रसाद धितालको अध्यक्षतामा बसेको बैठकले पत्रकार दिनेश ठाकुर, जावेद अहमद शाह र जयपती ढकाललाई कार्य समिति सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ ।

बैठकले फागुन ८ गते नेपालगञ्जमा जिल्ला भेला आयोजना गर्ने निर्णय गरेको छ । बैठकले साविक प्रेस चौतारी र प्रेस संगठन नेपालको एकतापछि गठन भएको प्रेस संगठन बाँके डक्ट धितालको नेतृत्वको कमिटी भएको भन्दै कुनैपनि खालको भ्रममा नपर्न सदस्यहरुमा आग्रह समेत गरेको छ । बैठकमा नेकपा बाँकेका अध्यक्ष आईपी खरेल, प्रेस संगठनका केन्द्रीय सदस्य गोविन्द शर्मा, प्रदिप वाग्ले, केन्द्रीय आयोगका सदस्य सिराज खान, सुशील शर्मा, अग्रज पत्रकार भिम रावत, संगठनका प्रदेश सदस्य राजेश आचार्य लगायतले मन्तव्य राख्नुभएको थियो । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Apr 20, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१