मंगलवार, बैशाख ७, २०७८ साल

चुनावी क्षेत्रमा राईको सक्रियता

लाेकप्रिय सन्देश २०७७ फागुन ३ गते 1.1K

नेपालगञ्ज, फागुन ३ । पार्टीका नेता तथा पूर्व शहरी विकास मन्त्री मो. इस्तियाक राईको प्रमुख आतिथ्यतामा जनता समाजवादी पार्टी नेपालगंज उपमहानगरपालिका वडा न. १४ ले सोमबार कार्यकर्ता भेटघाट कार्यक्रम गरेको छ ।  


कार्यक्रममा राईले पार्टीका कार्यकर्ता तथा स्थानीय जनताहरुसंग शहरी बिकास मन्त्री हुँदा गरेका बिकास निर्माणका कामहरु तथा आगामी दिनमा गर्ने अन्य थुप्रै बिकासको बारेमा चर्चा गर्नु भयो । सोही कार्यक्रममा राम किशोर गिरी सियाराम खटिक दशरथ कोरी राजेन्द्र बर्माले पार्टी प्रवेश गरेको जसपाले जनाएको छ ।  नवप्रवेशीहरुलाई राईले खादा माला लगाई पार्टीमा स्वागत गर्नु भयो ।

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Apr 20, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१