नेपालगञ्ज, फागुन १० । जिल्ला प्रहरी कार्यालय बाँकेले सोमबार पत्रकार सम्मेलन गरि विभिन्न अभियोगमा पक्राउ गरेका ब्यक्तिलाई सार्वजनिक गरेको छ । चितुवाको छाला सहित ३ जना पक्राउ परेका छन् । एसपी ओमबहादुर रानाका अनुसार १० लाख भारु सहित भारतीय नागरिक पक्राउ परेका छन् । ९ जना जुवाडेलाई पनि पक्राउ गरिएको छ ।
चितुवाको छाला सहित ३ जना पक्राउ
मिति २०७७।१०।०९ गते साँझको समयमा जिल्ला बाँके राप्तीसोनारी गाँउपालिकाको वडा एरिया हुदै चितुवाको छालाको ओसारपोसार भईरहेको भन्ने सूचना प्राप्त हुदा साथ यस कार्यालय मातहत ई.प्र.का.कोहलपुर बाँके बाट खटिएको प्रहरी टोलीले अं.२२:०० बजेको समयमा राप्तीसोनारीगाँउपालिकावडा नं१कुसुम स्थित सडक खण्डमा शंकास्पद रहेकाजिल्ला सल्यान बाघचौर न.पा.३ वस्ने जित बहादुर डि.सी, कुमाख गा.पा.वडा नं.७ वस्ने कमल डि.सी.र ऐ.ऐ.वस्ने हिमेन्द्र वली लाई फेला पारी निजहरुको तलासी लिदा जित बहादुर डि.सी.ले बोकेको कालो रंगको HP लेखेको झोला भित्र रहेकोदुई (२) थान चितुवाको छाला फेला पारी नियन्त्रणमा लिएको हुदा सो सम्बन्धमा अनुसन्धान भईरहेको ।
पक्राउपरेको व्यक्तिहरूको विवरण:-
(१)नामथर: जित बहादुर डि.सी.
उमेर: ३१बर्ष
ठेगाना :-जि.सल्या बाघचौर न.पा.३ चौरपानी
पेशा :- कृर्षि
(२)नामथर: हिमेन्द्र वली
उमेर: २४बर्ष
ठेगाना :-जि. सल्यान कुमाख गा.पा.३ मर्म पोडीकारा
पेशा :- हेल्थ असिष्टेन्ट
(३)नामथर :- कमल डि.सी.
उमेर :- २१ बर्ष
ठेगाना :- जिल्ला सल्यान कुमाख गा.पा.७ जिमाली
पेशा :- कृर्षि
बरामद सामान
अनुसन्धानबाट खुलेका कुराहरु
कानुनी ब्यबस्था:-
राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (२) बमोजिमको १ लाख देखी २५ लाख सम्म जरिवाना र १ वर्ष देखी १० वर्ष सम्म कैद सजाय हुन सक्ने ।
अवैध भारतिय रकम दश लाख (रु १०,००,०००।- ) सहित पक्राउ
मिति २०७७।११।०९ गते अं.१५:३० बजेको समयमा यस कार्यालय मातहत भन्सार सुरक्षा गार्ड नेपालगंज बाट खटिएको प्र.ना.नि.भिम बहादुर खड्का र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जमुनाह बाँके बाट खटिएको स.प्र.नि.जिवनलाल बुढाको संयुक्त सुरक्षा टोलीले जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं.१६ भन्सार चेक प्वाईन्टमा चेकजाँच गर्ने क्रममा भारत बाट नेपाल तर्फ पैदल आईरहेका भारत उत्तरपुर्वि दिल्ली जफ्फारावाद वस्ने वर्ष ५४ को मुनवर खानले बोकी ल्याएको दुई (२) वटा झोला भित्र रहेको भा.रु २०००।- दरको नोट थान ३, रु ५०० दरको नोट १९८८ जरि जम्मा भारतिय रकम रु दश लाख ( १०,००,०००।-) सहित फेला पारी नियन्त्रणमा लिएको हुदा सो सम्बन्धमा अनुसन्धान भईरहेको छ ।
पक्राउपरेको व्यक्तिहरूको विवरण:-
नामथर: मुनवर खान
उमेर: ५४बर्ष
ठेगाना :-भारत उत्तरपुर्वि दिल्ली जफ्फारावाद
पेशा :- मजदुरी
बरामद सामान :-
दश लाख
कानूनी कारबाही :-
विदेशी विनिमय ऐन २०१९ को दफा १७ बमोजिम बरामद रकम जफत गरि १० लाख देखी ३० लाख सम्म जरिवाना
अनुसन्धानमा खुलेका कुराहरु :
नगद रु १,५०,१६५।- सहित ९ जना जुवाडे पक्राउ
आज मिति २०७७।११।१० गते अं.००:३० बजेको समयमा जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं. २ बौद्ध टोल स्थित भुट्टु मियाको घर कोठामा हारजित हुने गरि जुवातास भईरहेको भन्ने सूचनाको आधरमा यस कार्यालय मातहत वडा प्रहरी कार्यालय नेपालगमज बाट खटिएको प्रहरी टोलीले निज भुट्टु मियाको घर कोठा तलासी लिने क्रममा निजको घर कोठामा गोलबन्द भई हार जित हुने गरि जुवातास खेलीरहेका भुट्टु मिया समेतका ९ जना लाई नगद रु१,५०,१६५।– (एक लाख पचास हजार एक सय पैसठ्ठी)र तास ६ गड्डी सहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ।
साथै चालु आ.ब.को हाल सम्म यस कार्यालय तथा मातहत समेत बाट नगदरु ३४,८०,६१५ ।- रकम सहित ३५ जना जुवाडे लाई पक्राउ गरि कारबाही गरिएको ।
कानूनी कारबाही:-
मुलुकी फौजदारी संहिता ऐन २०७४ को दफा १२५ बमोजिम ३ महिना सम्म कैद वा ३०,०००।- सम्म जरिवाना
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१