मंगलवार, बैशाख ७, २०७८ साल

वडा अध्यक्ष वर्माको पहलमा एकपछि अर्को बिकास योजना सुरु

लाेकप्रिय सन्देश २०७७ फागुन १० गते 930
नेपालगन्ज फागुन १० । नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ गुलरिया बाईपास रोड देखि भित्री कारकादो गाउँ जाने बाटो पक्की नाला सहित सडक कालो पत्रे हुने भएको छ । सो सडकको शिलान्यास वडा अध्यक्ष दीपक बर्माले गर्नु भयो । उक्त सडकको बजेट वडा अध्यक्ष बर्माको पहलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बाट प्राप्त भएको हो । चालु आर्थिक बर्षमा थप सडक सोहि मन्त्रालय बाट वडा नं १८ मा परेको छ । यस्तै गत आर्थिक बर्षमा पनि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट दुइ वटा योजना वडा अध्यक्ष बर्माको पहलमा पार्न सफल हुनु भएको थियो । तेजनगरमा पीच बाटो र अर्को सुकुम्बासी,दलित तथा मधेसी बस्तीमा सोलार बत्तिको योजना परेको छ । चालु आर्थिक बर्षमा वडाको बजेटबाट कालोपत्रे सडक संगै वडाको विभिन्न टोलमा चालु आर्थिक बर्ष ( ७७/७८) मा एक दर्जन भन्दा बढी पीच बाटो वडा नं १८ निर्माण हुने वडा अध्यक्ष दीपक बर्माले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Apr 20, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१