मंगलवार, बैशाख ७, २०७८ साल

सहकारीबाट पारिश्रमिक नलिई काम गर्ने निरौलाको घोषणा

लाेकप्रिय सन्देश २०७७ फागुन ११ गते 1.41K

नेपालगञ्ज, फागुन ११ । बाँकेको खजुरा गाउँपालिका ३ खजुरा एकनम्बरका घनश्याम शर्मा निरौला कृषि विकास बैंकको अधिकृतको रुपमा सेवा निवृत्त हुनुभएका पुर्व राष्ट्रसेवक कर्मचारी । निरौलाले  सहकारी संस्था लिमिटेड खजुराको सञ्चालक समिति अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । राष्ट्रसेवामा प्राप्त गरेको अनुभवका आधारमा सहकारीलाई अझ राम्रो बनाउन सक्छु भन्ने विश्वासका साथ चुनावी मैदानमा उत्रिएको छु, निरौलाले भन्नुभयो,– सबै सदस्यहरुबाट राम्रो रेस्पोन्स पाएको छु । समाजसेवाका लागि सहकारीमा लागेको बताउँदै उहाँले आफुले अध्यक्ष निर्वाचित भएपछि पारीश्रमिक नलिने घोषणा समेत गर्नुभएको छ । सहकारीलाई जिल्लाकै उत्कृष्ट बनाउन आफु लागिपर्ने उहाँको भनाई छ । 


अध्यक्षमा निरौलासँगै पुर्व अध्यक्ष निर्मल खनाल, केदार गिरी र दिपवहादुर थापाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा प्रेमाकुमारी राना, नरवहादुर खड्का र सत्य थापा मगर प्रतिष्पर्धामा रहनुभएको छ । सदस्यहरुमा ऋषिराम वली, तेजवहादुर थापा, प्रदिपकुमार थापा, एक्केवहादुर खत्री, चन्द्रवहादुर रजाली, अर्जुनसिंह थापा, बसुन्धरा देवी प्याकुरेल, मनवहादुर थापा, तुलाराम गिरी, चिनु कुँवर, भिमवहादुर विश्वकर्मा, लोकवहादुर शाही, गोपालवहादुर थापा र कृष्णदेवी प्रतिष्पर्धामा रहनुभएका छ ।  लेखा समितिको संयोजकमा  टेकवहादुर रोकाक्षेत्री, होमप्रकाश रेग्मी, अर्जुनसिंह पाण्डे र भिमवहादुर राना उम्मेदवार रहनुभएको छ । सदस्यमा निर्मला सिंह, नन्दलाल खत्री, रामप्रताप शाह र यज्ञ बुढामगर उम्मेदवार हुनुहुन्छ । जिल्ला प्रतिनिधीमा महेन्द्र मल्ल, श्रवणकुमारधिर केसी र धनवहादुर वलीको उम्मेदवारी परेको छ । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Apr 20, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१