मंगलवार, बैशाख ७, २०७८ साल

नेपालगञ्ज १४ मा वडाको कार्यालय भवन निर्माण

लाेकप्रिय सन्देश २०७७ फागुन १५ गते 319

नेपालगञ्ज,फागुन १४ । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १४ को नवनिर्मत कार्यालयको उद्घाटन गरिएको छ । नेपालगञ्ज उपमहानगपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले शुक्रबार आयोजित औपचारिक कार्यक्रममा नव निर्मित भवनको उद्घाटन गर्नुभयो । 


भवनको उद्घाटन गर्दै नगर प्रमुख राणाले ५० वर्षमा हुन नसकेको काम नेपालगञ्जमा पछिल्लो तीनवर्षमा भएको दावी गर्नुभयो । सो वडामा ४८ करोडको लागतमा नगर भवन निर्माण हुँदैछ । नगरको दक्षिणी वडामा पनि विकासले प्राथमिकता पाएको छ , राणाले भन्नुभयो,– नेपालगञ्जलाई सुन्दर र विकसित बनाउन सबैको साथ र सहयोगको आवश्यकता छ । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष ओमकारनाथ मिश्राले वडा कार्यालय निर्माणसँगै वडाबाट हुने काम अझ सहजढंगले अघि बढ्ने बिश्वास ब्यक्त गर्नुभयो । मिश्राले वडाको विकास निर्माणका लागि सम्पूर्ण वडाबासीको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो । 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Apr 20, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१