मंगलवार, बैशाख ७, २०७८ साल

प्रजिअ कुरुम्बाङको प्रतिवद्धता पुरा, भत्क्यो–मानपुरको घर

लाेकप्रिय सन्देश २०७७ फागुन १५ गते 218

नेपालगञ्ज,फागुन १४ । नेपालगन्ज–खजुरा सडक खण्डमा पर्ने बाँकेको जानकी गाउँपालिका–३ मानपुर मोडको २ तले पक्कि घर भत्काइएको छ । खजुरा रोडमा हुने अधिकाँश दुर्घटनाको कारक मानिएको घर भत्काउने बर्षोदेखिको प्रयास शुक्रबार सफल भएको हो ।  घर भत्किएपछि  सो सडक खण्ड फराकिलो हुने भएको छ । यसबाट दुर्घटनाका जोखिम पनि कम भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको पहलमा शान्तिदेवी सिंह/अमर सिंहको राणाकालीन घर शुक्रबार भत्काइएको हो । सडक विभागको जेसिबीले बिहान पौने १० बजेदेखि दिउँसो १ बजेसम्ममा घर भत्काएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले जानकारी दिनुभयो ।


  ‘सिडियो साबले तपाईलाई क्षतिपूर्ति र मुअब्जा मिल्छ । सडक विस्तार गर्नुपर्ने भयो भनेर सहमतिको बाटो देखाउनुभयो, घरधनी सिंहले भन्नुभयो, सिडियोसावको पहलपछि घर भत्काउन तयार भएका हौं । बाँकेका प्रमुख जिल्ला अधिकारीको रुपमा बाँके आउनासाथ  कुरुम्बाङले सो घर भत्काएर जिल्ला छोड्ने प्रतिवद्धता जनाउनुभएको थियो । गत ७ फागुनमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुम्वाङको अध्यक्षतामा जग्गाधनीका परिवारका सदस्यसहितको सरोकारवाला निकायको बैठकले घरको क्षतिपूर्ति र जग्गाको मुअब्जाका लागि प्रक्रिया अघि बढाउने सहमति जुटेपछि सिंह घर भत्काउन तयार हुनुभएको हो ।
मानपुरमोडमा रहेको घर भत्काएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङको प्रशंसा भएको छ । सातदशक पुरानो सो घर भत्काउन करिब चारदशक अघिदेखि पहल हुँदै आएपनि सफल हुन सकेको थिएन । 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Apr 20, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१