मंगलवार, बैशाख ७, २०७८ साल

प्रदेश सहकारी संघको नेतृत्व चयनका लागि साधारणसभा

लाेकप्रिय सन्देश २०७७ फागुन २३ गते 360

नेपालगञ्ज, फागुन २३ गते । प्रदेश सहकारी सङ्घ लुम्विनी प्रदेशको प्रारम्भिक साधारणसभा नेपालगञ्जमा  सुरु भएको छ । साधारणसभाको लुम्विनी प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले उद्घाटन गर्नुभयो । मन्त्री पौडेलले नेपालको बहुसङ्ख्यक जनसङ्ख्या अहिले पनि कृषिमा निर्भर रहेको भन्दै कम्तिमा ३० प्रतिशत कृषि क्षेत्रमा लगानी गर्न सहकारी संस्थाहरुलाई आग्रह गर्नुभयो  । 


कार्यक्रममा सहकारी सङ्घका केन्द्रीय अध्यक्ष मिनराज कँडेलले सहकारी संस्थाहरु राज्यका सहयोगी भएको भन्दै सरकारको प्रतिष्पर्धीको रुपमा नबुभ्mन आग्रह गर्नुभयो । प्रदेश सहकारी सङ्घका अध्यक्ष प्रेम सुवेदीले साधारणसभाले चारवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने जानकारी दिनुभयो । साधारणसभामा ५२ संस्थागत प्रतिनिधी मध्ये ४२ संस्थाको सहभागिता रहेको छ । प्रदेश सहकारी सङघसँगै प्रदेश वचत तथा ऋण सहकारी सङ्घको प्रारम्भिक साधारणसभा समेत आईतबार नै नेपालगञ्जमा सुरु भएको छ ।  

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Apr 20, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१