मंगलवार, बैशाख ७, २०७८ साल

नेपालगञ्जको जमूनाह नाकामा सुविधा सम्पन्न हेल्थडेस्क

लाेकप्रिय सन्देश २०७७ चैत्र ९ गते 160

नेपालगञ्ज, चैत ९ । नेपालगञ्जको जमूनाह नाकामा सुविधा सम्पन्न हेल्थडेस्क निर्माण गरिएको छ । भारतका विभिन्न राज्यमा कोरोना सङ्क्रमण बढेपछि स्वास्थ्य सतर्कता बढाउँदै नाकामा ल्याव सहितको सुविधा भएको हेल्थडेस्क सञ्चालन गरिएको हो । 
नेपालगञ्ज उप–महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले हेल्थडेस्कमा स्वास्थ्य मन्त्रालय अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मेकिडल अधिकृत सहित ६ जना कर्मचारीको दरबन्दी कायम गरेको जानकारी दिनुभयो ।

ति मध्ये  ल्याव टेक्निसियन २ जना, नर्सिङ स्टाफ २ जना र पारामेडिक्स २ जना नाकामा खटिईसक्नुभएको छ । नाका हेल्थडेस्कको स्थायी संरचना निर्माण सम्पन्न नहुञ्जेल सम्म तत्काल काम सुरु गर्नका लागि स्वास्थ्यका लागि सक्षम प्रणाली नेपालले त्रिपाल, ट्याब लगायतको सहयोग गरेको छ । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजङ्ग शाह, स्वास्थ्य शाखा प्रमुख चन्द, स्वास्थ्यका लागि सक्षम प्रणालीका प्राविधिक सल्लाहकार सावित्री भट्ट, उपमहानगरपालिकाका वीरेन्द्र रावत सहितको टोलीले सोमबार हेल्थडेस्क सञ्चालन लगायतका विषयमा जमूनाह नाकामा पुगेर तयारीबारे आवश्यक जानकारी लिएको छ । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Apr 20, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१