मंगलवार, बैशाख ७, २०७८ साल

नेपालगञ्जमा सामुदायिक कुकुरको बन्ध्याकरण

लाेकप्रिय सन्देश २०७७ चैत्र १३ गते 155

नेपालगञ्ज, चैत १३ । नेपालगञ्ज उप–महानगरपालिकाले सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण गर्न सुरु गरेको छ । नेपालगञ्जको रामलिला मैदानस्थित नारी विकास केन्द्रमा चैत ११ गतेदेखि सुरु सामुदायिक कुकुरको बन्ध्याकरण शिविर चैत १८ गतेसम्म सञ्चालन हुनेछ । नेपालगञ्ज उपमहानगरपालिका पशु सेवा शाखा प्रमुख लक्ष्मी चन्द शाहीका अनुसार  एनिमल नेपालसँगको सहकार्यमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो । हालसम्म ९३ सामुदायिक कुकुरहरुको बन्ध्याकरण भईसकेको छ । एनिमल नेपालले शहरका विभिन्न ठाउँबाट कुकुरहरु  जम्मा गरेर शिविरमा ल्याई बन्ध्याकरण गर्दै आएको छ । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Apr 20, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१