मंगलवार, बैशाख ७, २०७८ साल

धम्बोझी प्रेसिडेन्ट लिगको शिर्ष २ मा

लाेकप्रिय सन्देश २०७७ चैत्र १४ गते 121

नेपालगन्ज, चैत १४ । धम्बोझी क्लब लुम्बिनी प्रदेशले एन्फा प्रेसिडेन्ट लिग २०७७ मा शनिबार कर्णालीको लेकाली युवा क्लबलाई ३–१ ले पराजित गरेको छ । जितसँगै धम्बोझीले लिगको शिर्ष–२ मा पर्न सफल हुदैं राष्ट्रिय लिगका लागि छनोट भएको छ । यस लिगको शिर्ष ४ टोलीले एन्फाले आयोजना गर्ने राष्ट्रिय लिग खेल्न पाउनेछन । 


शनिबार नेपालगन्ज रंगशालामा धम्बोझीको जितमा बिसन गुरुङले ३०औं मिनेटमा, गौरब बुढाथोकीले ४४औं मिनेटमा र  निसान लिम्बुले ४८औं मिनेटमा गोल गरेका थिए । लेकालीका संजय धिमालले २४औं मिनेटमा गोल गरे । खेलमा धम्बोझीका गौरब बुढाथोकी म्यान अफ द म्याच बन्न सफल भए । 


कर्णाली फुटबल संघ उपाध्यक्ष भरत बहादुर खत्रीले पुरस्कृत गरे । धम्बोझीले ६ खेलमा ४ मा जित २ मा हारको सामना गर्दै १२ अंक जोडेको छ । लेकालीले ६ खेलमा ५ मा हार र १ बराबरीमा खेल्दै १ अंकमात्र जोडदै अंक तालिकाको पुछारमा छ । प्रतियोगिता अन्तर्गत आईतबार अन्तिम दुईखेल हुनेछन् । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Apr 20, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१