मंगलवार, बैशाख ७, २०७८ साल

सिम्ताली एकता समाजमा मल्लको नेतृत्वमा नयाँ कार्य समिति

दुर्गा भण्डारी. २०७७ चैत्र २२ गते 248

नेपालगञ्ज, चैत २२ । सिम्ताली एकता समाज बाँकेले संगठन विस्तारमा तिव्रता दिने भएको छ । समाज सुर्खेतको सिम्तामा पुख्र्यौली थलो भई बाँकेमा बसोबास गरिरहेकाहरुको संगठन हो । समाजको शनिबार कोहलपुरमा भएको साधारण सभामा आजिवन सदस्यता वितरण गरिएको छ । निमप्रसाद उपाध्यायको अध्यक्षतामा भएको साधारणसभाले नयाँ कार्य समिति चयन गरेको छ । कार्य समितिको अध्यक्षमा ढालवहादुर मल्ल रहनुभएको छ ।

यसैगरी उपाध्यक्षमा प्रेमपूर्ण योगी र खड्गवहादुर खडका्, सचिवमा निरक पोख्रेल, सहसचिवमा रन वहादुर रावत र कोषाध्यक्षमा धने थापा रहनुभएको छ ।  कार्य समितिको सदस्यहरुमा रिमवहादुर महतारा, आईतु सिंह, पुष्पा शाही, निर्मल सिंह, फुपवहादुर भण्डारी र चन्द्रा केसी रहनुभएको छ । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Apr 20, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१