मंगलवार, बैशाख ७, २०७८ साल

आर्य सेवा समाज बाँकेको सहभोज कार्यक्रम

लाेकप्रिय सन्देश २०७७ चैत्र २२ गते 406

नेपालगञ्ज, चैत २२ । आर्य (धोबी ) सेवा समाज बाँकेले शनिबार नेपालगंजमा होली मिलन तथा सहभोज कार्यक्रम गरेको छ । 


समाजका अध्यक्ष पवन कुमार कनौजियाको अध्यक्षता तथा प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका सभापति अजय कुमार श्रीवास्तवको प्रमुख आतिथ्यतामा  भएको कार्यक्रममा बिशिष्ठ अतिथी नेपालगंज उपमहानगरपालिकाका मेयर धवल शमसेर राणा, आर्य समाज भारतका अध्यक्ष राजकुमार कनोजिया जसपा बाँकेका उपाध्यक्ष राजन राना मगर, समाजका सल्लाहकार बसन्त कनौजिया खटिक, समाज बाँकेका अध्यक्ष मोहन लाल सोनकर साहु,समाज बाँकेका अध्यक्ष हंसराम शाहु कसौंधन समाज बाँकेका अध्यक्ष नन्दलाल बैश्य औतार देई कसौंधन चौधराईन प्रतिष्ठानका अध्यक्ष राधेश्याम गुप्ता हरिजन समाज बाँकेका अगुवा जगदीश प्रसाद हरिजन नेपालगंज उपमहानगरपालिकाका योजना शाखा प्रमुख ब्रज भुषण झा योग समिति नेपालका केन्द्रीय अध्यक्ष गिरिराज भट्टराई, नेपालगञ्ज उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष नन्दलाल बैश्य लगायतले मन्तब्य ब्यक्त गर्नुभयो । 
सोही कार्यक्रममा समाजका जेष्ठ नागरिक अगुवाहरु तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन आर्य (धोबी ) समाजका महासचिव कौशल कुमार धोबीले गरेका थिए।


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Apr 20, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१