बिहीवार, भाद्र ३१, २०७८ साल

सुबिसुले ल्यायो ‘इन्टरनेट मस्त, जीवन स्वस्थ’ अफर

लाेकप्रिय सन्देश २०७८ बैशाख ८ गते 805

नेपालगञ्ज / केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक सुबिसु केबलनेट प्रालिले नयाँ वर्षको अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘इन्टरनेट मस्त, जीवन स्वस्थ’ नामक नयाँ योजना ल्याएको हो ।  याे याेजनामा सुबिसुका ग्राहकले एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा प्राप्त गर्नेछन् । स्वस्थ जीवनको महत्वलाई ध्यानमा राख्दै कम्पनीले इन्टरनेट र क्लियर टिभी सेवाको नयाँ जडान तथा नवीकरणमा एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा प्रदान गर्ने भएको हो ।  यो योजना २० एमबीपीएसभन्दा माथिको इन्टरनेट प्याकेजमा लागू हुने कम्पनीले जनाएको छ । कम्पनीले शिखर इन्स्युरेन्ससँग सहकार्यमा स्वास्थ्य बीमा सञ्चालनमा ल्याएको हो । ग्राहकले नेपाल र भारतमा उपचारार्थ एक लाख सम्मको स्वास्थ्य बीमा प्राप्त गर्नेछन् । आकस्मिक स्वास्थ्य उपचारमा पर्न जाने आर्थिक भारलाई यसले धेरै हदसम्म सहयोग पुर्‍याउने विश्वासका साथ कम्पनीले यो अफर अघि बढाएको हो । कम्पनीका अनुसार यो अफर सीमित अवधिका लागि रहने सुबिसु नेपालगञ्जका शाखा प्रबन्धक रामप्रसाद आचार्यले जानकारी दिनुभयो । 


    तपाईको प्रतिक्रिया

    Copyrights © 2021 Lokpriyanews

    Thursday, Sep 16, 2021

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१