बिहीवार, भाद्र ३१, २०७८ साल

काममा फर्किन भेरी अस्पतालको अपिल

लाेकप्रिय सन्देश २०७८ जेष्ठ १४ गते 721

नेपालगञ्ज, जेठ १४ । भेरी अस्पताल विकास समितिले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई विगतमा झै उच्च मनोबलका साथ आ–आप्mनो जिम्मेवारीमा फर्कन अपिल गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, सदस्य सचिव तथा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापा, सदस्य धनराम वली, कृष्णप्रसाद श्रेष्ठ र सरस्वती मल्लले शुक्रबार विज्ञप्ती जारी गरी  कानूनी करवाहीका लागि प्रक्रिया अघि बढिसकेको हुँदा हालको विषय परिस्थितीलाई मध्यनजर गर्दै जिम्मेवारीमा फर्कन अपिल गर्नुभएको हो ।

दोषीउपर कारवाही प्रक्रिया अघि नबढ्ने अवस्था सिर्जना भएमा कर्मचारीहरुको तर्फबाट चालिने सबै किसिमका आन्दोलनका कार्यक्रममा समितिको साथ रहने प्रतिवद्धता ब्यक्त गरिएको छ । अस्पतालमा उपचारका लागि आएका एकजना विरामीको निधन भएपछि बिहिबारराती डिउटीमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात भएको थियो । घटनामा संलग्न नेकपा एमालेका नेता मानवहादुर रावत तीनजनालाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ  ।

 


    तपाईको प्रतिक्रिया

    Copyrights © 2021 Lokpriyanews

    Thursday, Sep 16, 2021

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१