बिहीवार, भाद्र ३१, २०७८ साल

सिक्टाको फाईदा - खेतमा एकवर्षमा तीन बाली

दुर्गा भण्डारी. २०७८ जेष्ठ २१ गते 1.46K

खजुरा, बाँके  । बाँकेको कोहलपुर नगरपालिका १५ चौधरियाका  किसान ज्ञानवहादुर नेपालले यतिबेला खैतमा चैते बाली फलाउनुभएको छ । खेत नजिकै रहेको किरणनालामा सिक्टा सिँचाई आयोजनाको नहरको पानी आउन थालेपछि नेपाललाई परीक्षण्का लागि धान खेती गर्न रहर जाग्यो । लामो प्रयासपछि धानको बिउ पाउनुभएका नेपालले पहिलो परीक्षण सफल भएको बताउनुभयो ।  अर्कोबर्ष चैते धानका लागि धेरैजना किसानले नेपालसँग बिउ माग गरेका छन् । उहाँले खेतमा एकवर्षमा बर्षे धान, मसुरो र चैते धान गरि तन थरिका बालीको उत्पादन गर्नुभएको छ । 


    तपाईको प्रतिक्रिया

    Copyrights © 2021 Lokpriyanews

    Thursday, Sep 16, 2021

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१