बिहीवार, भाद्र ३१, २०७८ साल

लुम्विनी प्रदेशको कुल वजेट ४० अर्व ९५ करोड

लाेकप्रिय सन्देश २०७८ आषाढ १ गते 788

नेपालगञ्ज,असार १ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८–७९ का लागि ४० अर्ब ९५ करोड बराबरको बजेट मंगलबार प्रदेशसभामा सार्वजनिक गरेको छ ।  बजेटमा यसपटक पनि नेपालगञ्जलाई महानगरपालिका बनाउन बजेट छुट्टाइएको छ । 


चालु आर्थिक वर्षमा ३७ अर्ब ३५ करोड रुपैयाँ बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको तुलनामा साढे ३ अर्ब बढीको बजेट ल्याएको हो । मंगलबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक, मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख  र पूँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो । 


    तपाईको प्रतिक्रिया

    Copyrights © 2021 Lokpriyanews

    Thursday, Sep 16, 2021

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१