बिहीवार, भाद्र ३१, २०७८ साल

राप्तीनदीमा बाढीपछिको खोज तथा उद्धारका लागि कृत्रिम अभ्यास घटना

लाेकप्रिय सन्देश २०७८ आषाढ ११ गते 424

नेपालगञ्ज, असार ११ । बाँके जिल्ला बाढीबाट बर्षेनी प्रभावित हुने जिल्ला हो । विशेष गरि यहाँ राप्तीनदीमा आउने बाढीका कारण बर्षेनी ठुलो क्षति हुने गरेको छ ।

भारत सरकारले सीमा नजिकै निर्माण गरेको लक्ष्मणपुर बाँध तथा कलकलवा तटबन्धका कारण राप्ती नदी आसपासका गाउँहरु बर्षेनी डुबानको चपेटामा पर्दै आएका छन् । जिल्ला विपद व्यवस्थापन समितिले सम्भावित बाढीपछिको खोज तथा उद्धारका लागि तयारी थालेको छ । यसैक्रममा शुक्रबार राप्तीनदीको सिधनियाघाटमा बाढीको कृत्रिम घटना अभ्यास गरिएको छ ।

जिल्ला विपद व्यवस्थापन समिति बाँकेको आयोजनामा राप्ती नदिमा गरिएको बाढीको कृत्रिम घटना अभ्यासमा विभिन्न सुरक्षा निकायका सुरक्षाकर्मी उपस्थिती रहेको थियो । नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रसको सहभागितामा बाढीमा खोज तथा उद्दार तथा प्राथमिक उपचार केन्द्रित कृत्रिम अभ्यास गरिएको हो । कार्यक्रममा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नेपाली सेनाका सहायक रथी हरेन्द्र पाठक, प्रमुख सेनानी नकुल थापा, सशस्त्र प्रहरी उपरिक्षक अशोक बम, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक नरेन्द्र गिरी, नेपाल रेडक्रस सोसाईटी बाँकेका सभापति  गोवर्धन सिह सम्झना, जल तथा मौसम विभाग कोहलपुरका प्रमुख विनोद पराजुली लगायतको सहभागिता रहेको थियो । 


    तपाईको प्रतिक्रिया

    Copyrights © 2021 Lokpriyanews

    Thursday, Sep 16, 2021

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१