बिहीवार, भाद्र ३१, २०७८ साल

अपांगता भएका ब्यक्तिहरुको साथमा सहारा अपांग समूहका अध्यक्ष भण्डारी

लाेकप्रिय सन्देश २०७८ आषाढ ११ गते 2.21K

नेपालगञ्ज, असार ११ । बाँकेको खजुरा गाउँपालिका ४ मा रहेको सहारा अपांग समूहका अध्यक्ष झुपवहादुर भण्डारीको नेतृत्वमा अपांगता भएका ब्यक्तिहरुलाई सहयोग प्रदान गरिएको छ । स्थानीय सरकार तथा विभिन्न ब्यक्तिहरुहरुको सहकार्यमा अपांगता भएका ब्यक्तिहरुलाई आवश्यक सहयोग प्रदान गरिदै आएको समूहका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । नेपाली सेनाबाट अवकाश प्राप्त भण्डारी एकदशकअघि प्यारालाईसिस भई आफु अपांग भएपछि सहारा अपांग समूह गठन गरि अपांगता भएका ब्यक्तिहरुको हक अधिकार तथा उनीहरुका लागि विभिन्न सहयोग जुटाउने कार्यमा अग्रसर हुनुभएको छ । 


भण्डारीको अगुवाईमा स्थानीय शेरवहादुर विसीलाई व्हिलचेयर तथा नगद दुई हजार रुपियाँ सहयोग प्रदान गरिएको छ । समूहले गतवर्ष पनि अपांगता भएका ब्यक्तिहरुलाई विभिन्नखालका सहायक सामग्री सहयोग  गरेको जनाएको छ । समूहको आयोजनामा अपांगता भएका ब्यक्तिहरु भेला भई आफुहरुका हक अधिकार र अन्य कामका लागि छलफल गर्ने गरेका छन् । समूहका अध्यक्ष भण्डारीले आफुहरुलाई सहयोग प्राप्त भएमा अपांगता भएका ब्यक्तिहरुको सहायता सामग्रीसँगै उनीहरुलाई स्वरोजगारमुलक कार्यमा लगाउन सकिने बताउनुभयो ।

 


    तपाईको प्रतिक्रिया

    Copyrights © 2021 Lokpriyanews

    Thursday, Sep 16, 2021

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१