बिहीवार, भाद्र ३१, २०७८ साल

बाँकेको बैजनाथमा किसानलाई अनुदानमा मिनी ट्रिलर

लाेकप्रिय सन्देश २०७८ आषाढ १८ गते 411

बाँके, असार १८ । बाँकेको बैजनाथ गाउँपालिकाले ब्यावसायिक कृषि कार्यमा प्रयोग गर्नका लागि किसानहरुलाई मिनि ट्रिलर सहयोग गरेको छ । गाउँपालिकाका ८० जना किसानलाई ५० प्रतिशत अनुदानमा मिनी ट्रिलर उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत दानवहादुर ऐडीले जानकारी दिनुभयो । 


गाउँपालिकाका अध्यक्ष मानवहादुर रुचाल ठकुरी, प्रमुख प्रशासकीय अधिकृत ऐडी र वडा नम्बर ५ का अध्यक्ष मनवहादुर खत्रीले शुक्रबार किसानहरुलाई मिनी ट्रिलर हस्तान्तरण गर्नुभयो । कृषिको आधुनिकीकरण र ब्यावसायिकरणका लागि एकसाथ धेरै किसानलाई आधुनिक उपकरण सहयोग गरिएको गाउँपालिकाले जनाएको छ । कृषि र पशुपालनमार्फत गाउँपालिकालाई समृद्ध र आत्मनिर्भर बनाउन यसखालका किसानमैत्री कार्यक्रमलाई निरन्तरता दिने भएको छ । 

 


    तपाईको प्रतिक्रिया

    Copyrights © 2021 Lokpriyanews

    Thursday, Sep 16, 2021

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१