बिहीवार, भाद्र ३१, २०७८ साल

नेपालगञ्जमा नागरिक आरोग्य केन्द्र सञ्चालनमा

लाेकप्रिय सन्देश २०७८ आषाढ ३० गते 516

नेपालगञ्ज, असार ३० । नेपालगञ्ज उप–महानगरपालिकाले आयुर्वेदिक उपचारलाई प्राथमिकता दिदै नागरिक आरोग्य केन्द्र सञ्चालनमा ल्याएको छ । पहिलो चरणमा वडा नम्बर १, १८ र २० मा हरेक १५ दिनमा आयुर्वेदिक चिकित्सक र स्वास्थ्यकर्मीसहित विरामीको स्वास्थ्य परीक्षण सहित आवश्यकता अनुसारका औषधी दिइने छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजालले वडा नम्बर १ मा केन्द्रको सुभारम्भ गर्दै आयुर्वेदिक उपचार सबैभन्दा प्रभावकारी हुने भन्दै टोल विकास समिति र बाल क्लव मार्फत प्रचारप्रसार गरिने बताउनुभयो । कार्यक्रममा भवानियापुर आयुर्वेदका इन्चार्ज  मनोजकुमार यादव, बैद्य निरीक्षक वामदेव शर्मा लगायतले विरामीको स्वास्थ्य परीक्षण गर्नुभयो । नेपालगञ्जका वडा नम्बर १४,१६ र १७ मा आयुर्वेद औषधालय सञ्चालनमा छन् ।


    तपाईको प्रतिक्रिया

    Copyrights © 2021 Lokpriyanews

    Thursday, Sep 16, 2021

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१