बिहीवार, भाद्र ३१, २०७८ साल

नेपालगञ्जको जमूनाह नाकामा स्थायी हेल्थ डेस्कनिर्माण

लाेकप्रिय सन्देश २०७८ श्रावन ५ गते 314

नेपालगञ्ज, साउन ५ गते । नेपालगञ्जको जमूनाह नाकामा स्थायी प्रकृतिको हेल्थ डेस्क निर्माण सम्पन्न भई  मङ्गलबारदेखि सञ्चालनमा आएको छ ।  नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मीले हेल्थडेस्कको नवननिर्मित भवनको मंगलबार उद्घाटन गर्नुभयो । 


कोरोना, डेङ्गु, मलेरिया लगायतका सङ्क्रमक रोगको नियन्त्रणका लागि नाकामा हेल्थ डेस्क स्थापना गरिएको नगर प्रमुख डा. राणाले बताउनुभयो । देशभरका १३ वटा नाका मध्ये स्थायी प्रकृतिको हेल्थडेस्क सञ्चालन भएको नेपालगञ्जमा पहिलो पटक हो । नयाँ भवनबाट सेवा दिने हेल्थ डेस्कमा चिकित्सक, ल्याब टेक्निसियन सहितका स्वास्थ्यकर्मीहरु खटिन भएका छन् । भारतबाट फर्किनेहरुको स्वास्थ्य परीक्षण(स्क्यानिङ) र आवश्यकता अनुसार परीक्षण गरिनेछ । 
५१ लाख ३१ हजार रुपियाँको लागतमा करिब तीन महिनामा प्रिपेफको भवन निर्माण सम्पन्न गरिएको छ । हेल्थडेस्कको केही भाग ईलाका प्रहरी कार्यालय जमूनाहले समेत प्रयोग गर्ने उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो । 

 


    तपाईको प्रतिक्रिया

    Copyrights © 2021 Lokpriyanews

    Thursday, Sep 16, 2021

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१