बिहीवार, भाद्र ३१, २०७८ साल

पुष्पलाल मित्रता केन्द्रले मनायो स्मृति दिवस

लाेकप्रिय सन्देश २०७८ श्रावन ७ गते 551

नेपालगञ्ज,साउन ७ । नेकपा एमालेका केन्द्रीय सल्लाहकार दलवहादुर सुनारले पुष्पलालका विचार र सिद्धान्तलाई मनन गरेमात्र नेकपा एमालेको एकता सम्भव रहेको बताउनुभएको छ ।  पुष्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल मित्रता केन्द्र बाँकेको आयोजनामा बिहिवार नेपालगञ्जमा आयोजित प्रवचन कार्यक्रममा नेता सुनारले विचार र नीतिको नभई ब्यक्तिलाई प्रधान मानेका कारण पार्टी समस्यामा परेको बताउनुभयो । केन्द्रका अध्यक्ष लालवहादुर खत्रीको अध्यक्षता र सचिव सतिश निरौलाको सञ्चालनमा भएको कार्यक्रममा नेकपा बाँकेका अध्यक्ष अशोक कोइरालाले ब्यक्तिवादी अहमताका कारण पार्टी संकटको अवस्थामा पुगेको भन्दै पार्टीका नेता कार्यकर्ताहरु ब्यक्तिको नभई पार्टीको अधिनस्त हुनुपर्नेमा जोड दिनुभयो ।


नेकपा माओवादी केन्द्र बाँकेका अध्यक्ष आईपी खरेलले पछिल्लो समय कम्युनिष्ट पार्टीभित्र पूर्व प्रधनमन्त्री माधवकुमार नेपालको भूमिका नेतृत्वदायी देखिएको भन्दै उहाँको अडानका कारण व्यवस्था पनि जोगिएको बताउनुभयो । सो अवसरमा पुष्पलालसँग लामो समयसम्म कार्य गर्नुभएका राजनीतिक विष्लेषक डा. जनार्दन आचायले पुष्पलालले ब्यक्तिगत अभावका बीचमा पनि सिद्धान्त र विचारमा अडिग भएको भन्दै उहाँको प्रेरणामा मात्रै २०४६ सालको जनआन्दोलनमा काँग्रेस र कम्युनिष्टबीच सहकार्य सम्भव भएको बताउनुभयो । 


    तपाईको प्रतिक्रिया

    Copyrights © 2021 Lokpriyanews

    Thursday, Sep 16, 2021

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१